ne_act_text_ulb/19/38.txt

1 line
1.1 KiB
Plaintext

\v 38 त्यसकारण यदि डेमेत्रियस र त्यसका साथमा भएका कारीगरहरूसँग कसैको विरुद्धमा केही दोष छ भने, अदालतहरू खुल्ला छन् र त्यहाँ न्यायाधीशहरू छन् । तिनीहरूले एक अर्काको विरुद्ध उजुरी दिऊन् । \v 39 तर यदि अरू विषयमा कुनै कुरा खोजी गर्नुहुन्छ भने, त्यसको नियमित सभामा निर्णय लिइनेछ । \v 40 किनकि आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो गडबडीको कुनै कारण छैन, र हामीले यसको व्याख्या गर्न सक्नेछैनौं ।” \v 41 यति भनेपछि तिनले सभालाई विसर्जन गरे ।