ne_act_text_ulb/19/35.txt

1 line
1.1 KiB
Plaintext

\v 35 जब नगर-सचिवले भीडलाई शान्त गराए, तिनले भने, “एफिससका मानिसहरू हो, एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कुन मानिसलाई थाहा छैन र? \v 36 तब यी कुराहरूलाई इन्कार गर्न सकिँदैन भन्‍ने देखेर, तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । \v 37 किनकि तपाईंहरूले यी मानिसहरूलाई यस अदालतमा ल्याउनुभएको छ, जसले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्‍वरनिन्दा नै गरेका छन् ।