ne_act_text_ulb/19/30.txt

1 line
981 B
Plaintext

\v 30 पावल मानिसहरूको भीडमा प्रवेश गर्न चाहन्थे, तर चेलाहरूले तिनलाई रोके । \v 31 साथै केही एशिया प्रान्तका अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले तिनलाई रङ्गशालामा प्रवेश नगर्न अनुरोध गर्दै खबर पठाए । \v 32 केही मानिसहरू एउटा कुरा, र कोही अर्कै कुरा गरी चिच्याउँदै थिए, किनकि भीड अलमलमा थियो । तिनीहरूमध्ये धेरैलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।