ne_act_text_ulb/19/21.txt

1 line
750 B
Plaintext

\v 21 अब पावलले एफिससमा आफ्नो सेवा-कार्य पूरा गरिसकेपछि तिनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जान आत्मामा निर्णय गरे; तिनले भने, “त्यहाँ पुगेपछि म रोममा पनि जानै पर्छ ।” \v 22 पावलले आफ्ना दुई जना सहयोगीहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए । तर पावल आफैंचाहिं केही समय एसियामै बसे ।