ne_act_text_ulb/19/08.txt

1 line
1.2 KiB
Plaintext

\v 8 पावल सभाघरमा गए र परमेश्‍वरको राज्यको बारेमा बहस गर्दै र मानिसहरूलाई मनाउँदै, तीन महिना साहससाथ बोले । \v 9 तर जब केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, तिनीहरूले यस मार्गको विरुद्धमा भीडको सामु दुष्‍ट कुरा बोल्न थाले । त्यसैले पावलले तिनीहरूलाई छोडे र चेलाहरूलाई लिएर गई तिनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बहस गर्न थाले । \v 10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो, जसले गर्दा एसियामा बसोबास गर्ने सबै अर्थात्, यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।