ne_act_text_ulb/18/14.txt

1 line
828 B
Plaintext

\v 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुनेथियो । \v 15 तर यी प्रश्‍नहरू त शब्दहरू र नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थाको विषयमा भएकाले तिमीहरू आफैं मिलाऊ । यी विषयहरूमा म न्यायधीश हुन चाहन्‍नँ ।”