ne_act_text_ulb/17/28.txt

1 line
857 B
Plaintext

\v 28 किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूमध्ये एक जनाले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौं ।ʼ \v 29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नुहुँदैन ।