ne_act_text_ulb/17/22.txt

1 line
984 B
Plaintext

\v 22 त्यसैले पावल अरिओपागसको बीचमा उभिए र भने, “एथेन्सका मानिसहरू हो, तपाईंहरू हरेक कुरामा अति धार्मिक हुनुहुन्छ भन्‍ने कुरा म देख्छु । \v 23 किनकि यहाँ हिंड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखें, मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, उहाँकै बारेमा म तपाईंहरूलाई बताउँछु ।