ne_act_text_ulb/17/19.txt

1 line
1012 B
Plaintext

\v 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्‍न सक्छौं? \v 20 किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौं ।” \v 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले केही नयाँ कुराहरू बताउँदै वा सुन्‍दै गर्नु बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )