ne_act_text_ulb/17/10.txt

2 lines
1.1 KiB
Plaintext

\v 10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि तिनीहरू यहूदीहरूको सभाघरमा पसे । \v 11 अब थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू अझ असल थिए किनकि यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍‍त्रबाट जाँच्दै परमेश्‍वरको वचनलाई
उत्सुकतासाथ ग्रहण गर्थे । \v 12 यसकारण केही प्रभावशाली ग्रीक स्‍‍त्रीहरू र धेरै पुरुषहरूसहित, तिनीहरूमध्ये धेरैले प्रभुमा विश्‍वास गरे ।