ne_act_text_ulb/16/06.txt

1 line
836 B
Plaintext

\v 6 एसियाको प्रान्तमा वचन प्रचार गर्न तिनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र तिनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै गए । \v 7 जब तिनीहरू माइसियाको नजिक आइपुगे तिनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले तिनीहरूलाई रोक्‍नुभयो । \v 8 त्यसैले माइसिया हुँदै तिनीहरू त्रोआस सहरमा झरे ।