ne_act_text_ulb/16/01.txt

1 line
1.1 KiB
Plaintext

\c 16 \v 1 पावल डर्बी र लुस्‍‍त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्‍वासी यहूदी स्‍‍त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए । \v 2 लुस्‍‍त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे । \v 3 पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिनलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।