ne_act_text_ulb/15/27.txt

1 line
1.1 KiB
Plaintext

\v 27 त्यसकारण हामीले यहूदा र सिलासलाई पठाउँदैछौं, जसले तिमीहरूलाई त्यही कुराहरू आफ्नै शब्दहरूमा बताउनेछन् । \v 28 किनकि यी आवश्यक कुराहरूभन्दा बढी ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो, \v 29 जस्तैः तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्‍याएर मारेको थोकहरू, र यौन अनैतिकताबाट अलग रहनुपर्छ । यदि तपाईंहरूले आफैंलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”