ne_act_text_ulb/15/22.txt

1 line
858 B
Plaintext

\v 22 त्यसपछि बरसाबास भनिने यहूदा र सिलास जो मण्डलीका अगुवाहरू थिए, तिनीहरूलाई छानेर पावल र बारनाबासकहाँ एन्टिओखियामा पठाउन प्रेरितहरू र धर्म-गुरुहरू र सारा मण्डलीसहितलाई असल लाग्यो । \v 23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरूलाई प्रेरितहरू र धर्म-गुरुहरू अर्थात् तपाईंका भाइहरूको अभिवादन ।