ne_act_text_ulb/14/23.txt

1 line
1.0 KiB
Plaintext

\v 23 जब तिनीहरूले आफ्ना निम्ति हरेक मण्डलीमा धर्म-गुरुहरू नियुक्त गरे, र उपवाससहित प्रार्थना गरे, तिनीहरूले आफूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । \v 24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । \v 25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । \v 26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ तिनीहरूले भर्खरै पूरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।