ne_act_text_ulb/14/14.txt

1 line
1.2 KiB
Plaintext

\v 14 तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, \v 15 “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व्यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतिर फर्कनू भन्‍नलाई सुसमाचार सुनाउँदै छौ, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनुभयो । \v 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिंड्न अनुमति दिनुभयो ।