ne_act_text_ulb/13/23.txt

1 line
1.1 KiB
Plaintext

\v 23 यिनै मानिसका सन्तानहरूबाट परमेश्‍वरले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार उहाँले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ । \v 24 येशू आउनुभन्दा अगाडि, यूहन्‍नाले इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे । \v 25 जसै यूहन्‍नाले आफ्नो काम पूरा गर्दै थिए, तिनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्छौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न म योग्यको छैनँ ।’