ne_act_text_ulb/13/11.txt

1 line
912 B
Plaintext

\v 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अन्धो हुनेछस् । केही समयका लागि तैंले घाम देख्‍नेछैनस् ।’’ तुरुन्तै त्यहाँ तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो; हात समातेर डोर्‍याइदिन भनी मानिसहरूलाई आग्रह गर्न त्यो यताउति जान थाल्यो । \v 12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि तिनले विश्‍वास गरे, किनभने तिनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।