ne_act_text_ulb/13/01.txt

1 line
1.2 KiB
Plaintext

\c 13 \v 1 अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । \v 2 तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्‍नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” \v 3 तिनीहरूले उपवास बसे, प्रार्थना गरे, र यी मानिसहरूमाथि आफ्ना हातहरू राखेपछि उनीहरूलाई पठाइदिए ।