ne_act_text_ulb/12/11.txt

1 line
857 B
Plaintext

\v 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अब मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाउनुभएको छ र हेरोदको हातबाट र यहूदी मानिसहरूले आशा गरिरहेका सबै कुराबाट मलाई छुटकारा दिनुभएको छ ।” \v 12 जब उनले यो महसुस गरे, उनी मर्कूस पनि भनिने यूहन्‍नाकी आमा मरियको घरमा गए, जहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।