ne_act_text_ulb/11/11.txt

1 line
1.4 KiB
Plaintext

\v 11 हेर्नुहोस्, हामी भएको घर अगाडि तीन जना मानिस उभिरहेका थिए; तिनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । \v 12 आत्माले मलाईं तिनीहरूसँग जानू र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए, र हामी त्यो मानिसको घरभित्र गयौं । \v 13 तिनले हामीलाई बताए कि तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए, 'योप्पामा मानिसहरूलाई पठाऊ र पत्रुस भनिने सिमोनलाई फर्काएर ल्याऊ । \v 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ—तिमी र तिम्रो सबै घराना ।'