ne_act_text_ulb/11/04.txt

1 line
1003 B
Plaintext

\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 "म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें।