ne_act_text_ulb/10/39.txt

1 line
931 B
Plaintext

\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन, तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ—हामीकहाँ जसले उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।