ne_act_text_ulb/10/09.txt

1 line
1.1 KiB
Plaintext

\v 9 अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । \v 10 तब तिनी भोकाए र तिनले केही खाने मन गरे, तर मानिसहरूले केही खानेकुरा पकाइरहँदा तिनीलाई एउटा दर्शन दिइयो, \v 11 र तिनले आकाश खुलेको र चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे । \v 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू र पृथ्वीमा घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू थिए ।