ne_act_text_ulb/10/03.txt

1 line
1.3 KiB
Plaintext

\v 3 नवौं घडीतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले तिनलाई भने, “ए कर्नेलियस!” \v 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र धेरै भयभीत भएर भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् । \v 5 अब पत्रुस भनेर चिनिने सिमोन नाउँ गरेको मानिसलाई ल्याउन योप्पा सहरमा मानिसहरू पठाऊ । \v 6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”