ne_act_text_ulb/09/38.txt

1 line
1.0 KiB
Plaintext

\v 38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्दै तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” \v 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे, र पत्रुसको नजिकै उभिएका सबै विधवाहरू रुँदै, डोरकास तिनीहरूसँग छँदा तिनले बनाएका वस्‍‍त्र र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।