ne_act_text_ulb/09/20.txt

1 line
1.1 KiB
Plaintext

\v 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । \v 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान तिनी यहाँ आएका हुन् ।” \v 22 तर शाऊल झन‍्झन् शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।