ne_act_text_ulb/09/17.txt

1 line
1.0 KiB
Plaintext

\v 17 त्यसैले हननिया गए, र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै तिनले भने, “भाइ शाऊल, तिमीले आफ्नो द‍ृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” \v 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले द‍ृष्‍टि पाए; तिनी उठे र बप्‍तिस्मा लिए; \v 19 र तिनले केही खाए र बल पाए । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।