ne_act_text_ulb/09/10.txt

1 line
1.0 KiB
Plaintext

\v 10 अब दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया!” तिनले भने, “हेर्नुहोस्, प्रभु, म यहीं छु ।” \v 11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र सोझो भनिने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर किनकि तिनी प्रार्थना गर्दैछन् । \v 12 तिनले दर्शनमा हननिया नाउँ गरेका मानिस भित्र आएर तिनले फेरि देख्‍न सकून् भनेर तिनीमाथि हात राखेको देखेका छन् ।”