ne_act_text_ulb/08/39.txt

1 line
675 B
Plaintext

\v 39 तिनीहरू पानीबाट बाहिर आएपछि प्रभुका आत्माले फिलिपलाई लैजानुभयो, र नपुंसकले तिनलाई फेरि देखेनन् तर तिनी रमाउँदै आफ्नो बाटो लागे । \v 40 तर फिलिप अश्दोदमा देखा परे र तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनी त्यस क्षेत्रबाट भएर सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए ।