ne_act_text_ulb/08/14.txt

1 line
1.2 KiB
Plaintext

\v 14 अब सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए । \v 15 तिनीहरू तल आएपछि उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति तिनीहरूले प्रार्थना गरे । \v 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन; प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो । \v 17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।