ne_act_text_ulb/07/44.txt

1 line
1.5 KiB
Plaintext

\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्छ भनी परमेश्‍वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्‍त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्‍वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्‍यो, \v 46 जसले परमेश्‍वरको द‍ृष्‍टिमा निगाह पाए, र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।