ne_act_text_ulb/07/35.txt

1 line
1.4 KiB
Plaintext

\v 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । \v 36 मिश्र, लाल समुद्रसाथै उजाड-स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । \v 37 'यी तिनै मोशा थिए जसले इस्राएलका मानिसहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बीचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।'