ne_act_text_ulb/07/06.txt

1 line
1.4 KiB
Plaintext

\v 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । \v 7 'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्‍वरले भन्‍नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् ।' \v 8 अनि परमेश्‍वरले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने ।