ne_act_text_ulb/04/29.txt

1 line
1011 B
Plaintext

\v 29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पूरा साहससित बोल्न दिनुहोस् । \v 30 तपाईंले निको पार्न र तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यकर्महरू गर्न आफ्नो हात पसार्नुहोस् ।” \v 31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो, र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।