ne_act_text_ulb/04/23.txt

1 line
1.2 KiB
Plaintext

\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘गैरयहूदीहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?