ne_act_text_ulb/04/01.txt

1 line
1.2 KiB
Plaintext

\c 4 \v 1 जसै पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए । \v 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए । \v 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । \v 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे; र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।