ne_act_text_ulb/02/22.txt

1 line
1.4 KiB
Plaintext

\v 22 हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्‍नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्‍वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ । \v 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मार्नुभयो । \v 24 तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।