ne_act_text_ulb/01/17.txt

2 lines
969 B
Plaintext

\v 17 किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले यही सेवकाइको हिस्सा प्राप्‍त गर्‍यो ।” \v 18 (अब त्यस मानिसले
त्यसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो, त्यसको टाउको तल पारेर खस्यो, त्यसको शरीर फुट्‍यो, र त्यसको सबै आन्द्रा-भुँडी निस्क्यो । \v 19 यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने, त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम "अखेल्दमा" राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )