\v 3 उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।” \v 4 केही यहूदीहरू साथै ईश्‍वरभक्त ग्रीकहरू, धेरै अगुवा स्‍त्रीहरू र ठुलो भिडले पावल र सिलासको कुरामा विश्‍वास गरे ।