\v 22 त्यसैले, प्रमुख कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।” \v 24 अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।