\v 33 तिनले त्यहाँ एनियास नाउँका एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षसम्म ओछ्‍यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो । \v 34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्‍यान मिलाऊ,” र तिनी तुरुन्तै उठे । \v 35 त्यसैले लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुतिर फर्के ।