\c 3 \v 1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौं घडीमा मन्दिरतिर जाँदै थिए । \v 2 त्यहाँ एक जना जन्मैदेखि लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर नाउँको ढोकामा ल्याइन्थ्यो । तिनीहरूले त्यसलाई हरेक दिन त्यहाँ राख्थे ताकि त्यसले त्यस मन्दिरमा जाँदै गरेका मानिसहरूसँग भिक्षा माग्‍न सकून् । \v 3 जब त्यसले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा पस्‍न लागेका देखे, त्यसले तिनीहरूसँग भिक्षा मागे ।