1 line
1.5 KiB
Plaintext
1 line
1.5 KiB
Plaintext
|
\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
|