\v 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि तिनको जम्का भेट भयो । केहीले भने, “यो बकबकेले के भन्न खोज्दैछ?” अरूहरूले भने, “त्यो त विदेशी देवताहरूलाई पछ्याउन मानिसहरूलाई बोलाउने जस्तो देखिन्छ,” किनभने तिनले येशू र पुनरुत्थानको बारेमा सुसमाचार प्रचार गर्दै थिए ।