ne_2jn_text_ulb/01/04.txt

1 line
1.1 KiB
Plaintext

\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडिरहेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 प्रेम यो हो, कि हामी उहाँका आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।