ne_1jn_text_ulb/04/19.txt

1 line
977 B
Plaintext

\v 19 हामी प्रेम गर्छौं, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो । \v 20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो । किनकि जसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन । \v 21 साथै, उहाँबाटको यो आज्ञा हामीसँग छः कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।