ne_1jn_text_ulb/05/13.txt

1 line
1.2 KiB
Plaintext

\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक—तिमीहरू जसले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्छौ । \v 14 साथै, उहाँको सामुन्‍ने हामीसँग भएको द‍ृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । \v 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।