ne_1jn_text_ulb/05/01.txt

1 line
1.1 KiB
Plaintext

\c 5 \v 1 जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ । \v 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं । \v 3 किनकि परमेश्‍वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।