ne_1jn_text_ulb/04/04.txt

1 line
1.1 KiB
Plaintext

\v 4 बालकहरू हो, तिमीहरू परमेश्‍वरबाटका हौ, र तिनीहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ । \v 5 तिनीहरू संसारबाटका हुन्; यसकारण तिनीहरूले भनेका कुराहरू संसारबाटकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ । \v 6 हामी परमेश्‍वरबाटका हौं । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं ।